काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ४४० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ थियो ।


