काठमाडौं । भारत सरकारले आफना सम्पूर्ण नागरिकलाई शेयर बजारमा प्रवेश गराउन तयारी गरेका छ । यसका लागि भारत सरकारले भारतीय नागरिकको लागि भन्दै ‘पोर्टफोलियो निवेश योजना’ अघि सारेको छ ।
आइतबार केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले सन् २०२६ को लागि बजेट भाषणा गर्दै उनले ‘पोर्टफोलियो निवेश योजना’ घोषणा गरेकी हुन् ।
उनले यो योजना सँगै भारतको शेयर बजारमा सूचीकृत कम्पनीहरुमा भारतीय नागरिकहरुको प्रवेश हुने उद्देश्य राखिएको समेत बताइन् ।


