CLI

“नेपाल स्टक मार्केटको वास्तविक प्रणाली बुझ्न तयार हुनुहोस् — स्मार्ट फ्राइडे छैटौँ एपिसोड “

काठमाडौं । लगानीकर्ताको वित्तीय सक्षमता र शेयर बजारप्रतिको व्यावहारिक बुझाइ विस्तार गर्ने उद्देश्यका साथ SMART Growth Ventures Pvt. Ltd. द्वारा सञ्चालन भइरहेको SMART Friday Insight Series निरन्तर लोकप्रिय बन्दै छ। यस शृंखलाको छैटौँ एपिसोड (Episode–06) यस शुक्रबार “How Nepal Stock Market Actually Works” शीर्षकमा आयोजित हुँदैछ।

यस एपिसोडमा नेपालकै अग्रणी कम्पनी Malla & Malla Stock Broking Co. Pvt. Ltd. (Broker No. 11) का संस्थापक तथा कार्यकारी अध्यक्ष श्री परमेश्वर भक्त मल्ल प्रमुख वक्ता रहनुहुनेछ। उहाँले नेपाल स्टक मार्केटको संरचना, कारोबार प्रक्रिया, नियमन प्रणाली तथा बजार सञ्चालनको व्यावहारिक पक्षबारे विस्तृत रुपमा प्रकाश पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रम यही शुक्रबार, माघ २३ गते (Feb 06, 2026) साँझ ६:०० देखि ८:०० बजेसम्म Google Meet र YouTube Live मार्फत प्रत्यक्ष प्रसारण हुनेछ।

कार्यक्रम विवरण:
• विषय: How Nepal Stock Market Actually Works
• वक्ता: परमेश्वर भक्त मल्ल, Founder & Executive Chairman, Malla & Malla Stock Broking Co. Pvt. Ltd.
• मिति: माघ २३, २०८२ (Feb 06, 2026)
• समय: साँझ ६:०० – ८:०० बजे
• Live: Google Meet र YouTube
• आयोजित संस्था: SMART Growth Ventures Pvt. Ltd.
• सह–आयोजक: Malla & Malla Stock Broking Co. Pvt. Ltd.
• सहयोगी संस्था: Nepse Alpha

SMART Friday Insight Series, SMART Growth Ventures द्वारा सञ्चालित निरन्तर सिकाइ कार्यक्रम हो, जसले “Where Knowledge Meets Opportunity” भन्ने उद्देश्यका साथ लगानीकर्तालाई शिक्षामुखी सामग्री, व्यावहारिक मार्गदर्शन र नेटवर्किङ अवसर प्रदान गर्दै आएको छ।

यसअघि सम्पन्न भएका पाँचवटै एपिसोडहरूले लगानीकर्ताबीच सकारात्मक प्रभाव पारेका छन् —

  • Ep.01: Use of Collateral Smartly — CA मनिष अर्याल, CEO, Citizens Stock Broker (Broker No. 91)
  • Ep.02: Social Security Fund (SSF) — जयकृष्ण दुलाल, Sr. Assistant Director, Social Security Fund
  • Ep.03: Top Mistakes New Investors Make — शालिकराम अधिकारी, MD, Kalash Stock Market (Broker No. 74)
  • Ep.04: How to Survive & Grow in the Stock Market — अतित लाल श्रेष्ठ, Executive Chairman, Capital Max Securities Ltd. (Broker No. 62)
  • Ep.05: SIP Investing in Nepal — राजीव महर्जन, Head-Equity Research & Data Analytics, Nepse Alpha

अघिल्ला एपिसोडहरू हेर्न: https://www.youtube.com/@smartnepse/streams

दर्ता गर्न: पोस्टरमा रहेको QR स्क्यान गर्नुहोस् वा सीधै https://forms.gle/LDJN16ffNrd3mWZD7 लिंकमा क्लिक गरी दर्ता गर्नुहोस्।

नेपालको स्टक मार्केट वास्तवमा कसरी काम गर्छ भनेर बुझ्न चाहनुहुन्छ? यो SMART Friday मिस नगर्नुहोस् — सिकाइ र अवसरको यो मेलमा आजै सहभागी बन्नुहोस्!

 

Leave Your Comment

Related News