काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लि.को शत् प्रतिशत लगानीमा स्थापीत आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले संचालक समितीका अध्यक्ष सरस्वती अधिकारीको सभापतीत्वमा कम्पनीको १० औंं वर्ष पूरा गरि ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मिति २०८२ माघ १५ गते विहिबार यल्लो पगोडा होटलमा आफ्नो बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले स्वागत मन्तव्य राख्नुका साथै कम्पनीको संक्षिप्त वित्तिय विवरण प्रस्तुत गरेका छन् । विवरण अनुुसार कम्पनीको १० वर्षमा भएका कार्य प्रगतीमा संस्थाको आ.व २०७३\७४ मा ०.३५ रुपैयाँ ईपीएस रहेकोमा २०८१\८२ मा २८.८७ रुपैयाँ प्रति शेयर ईपीएस कायम भएको छ । साथै,आ.व २०७३÷७४ मा १००.७५ रुपैयाँ नेट वर्थ रहेको मा आ.व २०८१\८२ मा १३७.८५ रहेको छ ।
कुल आयमा आर्थिक वर्ष २०७३÷७४ देखि आ.व २०८१÷८२ मा आइपुग्दा २,२२१.६५% वृद्धि भएको र आ.व.२०८१÷८२ मा २०% नगद लाभांश समेत गरि कुल ७३.६६% नगद लाभांश कम्पनीद्वारा राष्ट्रिय वाणिज्य बैंक लि.लाई प्रदान गरिएको छ ।राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवद्र्धक तथा यस कम्पनी कोष व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत आरविवि म्युचुअल फण्ड १, आरविवि म्युचुअल फण्ड २ तथा आरविवि फोकस ४० नामका तीन बटा सामुहिक लगानी योजनाहरु संचालनमा रहेका छन् ।
आ.व.२०८१ \८२ मा आरविवि म्युचुअल फण्ड १ ले २०% तथा आरविवि म्युचुअल फण्ड २ ले १३% नगद लाभांश इकाईधनीहरुलाई दिएको छ । यसरी समग्र रुपमा आर्थिक प्रगतीका सूचकांकहरुलाई हेर्दा कम्पनीको मुनाफामा उल्लेख्य बृद्धि भएको छ ।
कार्यक्रममा प्र मुख कार्यकारी अधिकृत प्याकुरेलद्धारा कम्पनीको भावी योजना, कम्पनीका चुनौतीको बारेमा समेत प्रस्तुत गरेका छन् । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक लि.का शाखा कार्यलयहरु मध्ये उत्कृष्ट हितग्राही खाता खोल्ने ५ वटा शाखा कार्यालयहरु सुर्खेत, कीर्तिपुर, बानेश्वर, सल्लेरी तथा ईटहरी शाखाहरुका शाखा प्रमुखहरुलाई तथा यस कम्पनीको लगानी व्यवस्थापन सेवामार्फत उत्कृष्ट लगानी गर्ने २ जना ग्राहकहरुलाई प्रमुख अतिथी तथा सभाका सभापतीबाट सम्मान पत्रद्धारा सम्मान गरियो ।
उक्त कार्यक्रममा कम्पनीका संचालकहरु दुर्गा कुमारी कंडेल, राम कुमार थापा, भीम प्रसाद घिमिरे, कृष्ण श्रेष्ठ, नरेश जंग थापा, विशेष अतिथीहरु राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिडिएस एण्ड क्लियरिङ्ग लि.का प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक र अतिथीहरुमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक तथा यस संस्थाका पूर्व अध्यक्ष कबिराज अधिकारी, यस संस्थाका पूर्व अध्यक्ष किरण कुमार श्रेष्ठ, यस संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, आरविवि म्युचुअल फण्डका कोष सुपरिबेक्षक सि.ए मधुविर पाण्डे, राष्ट्रिय बाणिज्य बैंक लि. कर्मचारी युनियनका अध्यक्षहरु, राष्ट्रिय बाणिज्य बैंक लि. केन्द्रिय कार्यालयका विभागीय प्रमुख तथा उपप्रमुख, काठमाण्डौ उपत्यका भित्र रहेका राष्ट्रिय बाणिज्य बैंकका सम्पुर्ण शाखा प्रमुखहरु तथा उपत्यका बाहिरका शाखा कार्यालयहरु इटहरी तथा सुर्खेतका शाखा प्रमुखहरु तथा आरविवि मर्चेन्ट बैंकिङ्ग लि.का कर्मचारीहरुको उपस्थीती रहेको थियो ।


