काठमाडौं । हुन्डाई नेपालले सबै क्रेटा EV ग्राहकहरूलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको छ। यस अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) को अप्टिमाइजेसन गरिएको छ, जुन नेपाली सडक र ड्राइभिङलाई ध्यानमा राखी क्यालिब्रेट गरिएको छ।
अपडेटपछि ग्राहकहरूले हालको रेञ्जको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने कम्पनीले बताएको छ । नयाँ अपडेटले दैनिक आवागमन तथा यात्राका लागि क्रेटा EV प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्राफत हुने कम्पनीको दाबी रहेको छ ।
अपडेटलाई हुन्डाईको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसले गर्दा सबै क्रेटा EV ग्राहकहरूले यसको लाभ लिन सकिने कम्पनीले ग्राहकलाई जारी गरेको सुचनामा उल्लेक रहेको छ । हुन्डाई नेपाल आफ्ना सवारी साधनहरूको निरन्तर स्तरोन्नति गर्दै ग्राहकहरूलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ।
विश्वसनीय ब्रान्डका रूपमा परिचित हुन्डाई नेपाल, भरपर्दो आफ्टर–सेल्स सेवा सञ्जाल, ६३ भन्दा बढी Re-Lax Recharge Network तथा लक्ष्मी मोटर कर्पोरेसनको अत्याधुनिक एसेम्ब्ली प्लान्टले सशक्त छ—जुन नेपालकै एक मात्र चारपांग्रे सवारी साधन एसेम्ब्ली प्लान्ट हो। यी सबै पक्षहरूले हुन्डाई नेपालको भरपर्दो सवारी अनुभव र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै आएको छ।


