काठमाडौं । प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको सेयर लिलाम बिक्री आजसम्म मात्रै रहेको छ ।
कम्पनीले २०८२ कार्तिक ०९ गतेदेखि २०८२ मङ्सिर १५ गतेसम्म १ : १.३४ का दरले हकप्रद सेयर निष्कासन गरेको थियो ।
उक्त समयमा अवितरित भई जगेडामा रहेको हकप्रद सेयर कम्पनीले लिलाम बिक्रीमा राखेको थियो । प्रति सेयर न्युनतम् मूल्य ७५ रुपैँया का दरले बढाबढमा राखेको थियो ।
जगेडा सेयर कम्पनीले २०८२ माघ ०६ गतेदेखि ४३ लाख १७ हजार ५० कित्ता अवितरित हकप्रद सेयर खुल्ला गरेको थियो ।
कम्पनीले एक सुचना जारी गर्दै लिलाम बिक्री आज बैंकिङ्ग समयपछि बन्द हुने जनाएको छ ।


