CLI

सिंगटी हाइड्रो इनर्जीले ६ महिनामा कमायो १९ करोड ६९ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको पुसमा कम्पनीले १४ करोड २८ लाख नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफा सुधार आएको हो । विद्युत बिक्रीबाट हुने आम्दानी ४३ करोड ६७ लाखबाट बढेर ४५ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च भने १४ करोड ६६ लाखबाट घटेर १० करोड ३१ लाख रुपैयाँ कायम भएको छ ।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिंगटीको सेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ रहेको छ । भने एकुमुलेटेड प्रफिट १९ करोड २५ लाख छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.५८ रुपैयाँ छ भने प्रतिसेयर नेवटर्थ ११५.३० रुपैयाँ छ ।

Leave Your Comment

Related News