काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको पुसमा कम्पनीले ३४ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत बिक्रीबाट हुने २ करोड ५ लाखबाट बढेर २ करोड ६ लाख रुपैयाँ पुगेको छ । प्रशासनिक खर्च बढेको छ । त्यसैले नाफामा केही दबाब परेको हो । यता, वित्तीय खर्च भने १ करोड १ लाखबाट घटेर ८३ लाख ७१ हजार रुपैयाँ कायम भएको छ ।
२५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १२ करोड २१ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.९३ रुपैयाँ छ भने प्रतिसेयर नेवटर्थ ५१.१२ रुपैयाँ छ ।


