CLI

१२.५८ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक १२.५८ अंकले घटेको छ ।  बजार २६८३.१५ उंकमा पुगेरा बन्दा भएको छ । ३३२ वटा कम्पनीको सेयर कारोबार भएको छ ।  जसमध्ये ६६ वटाको भाउ बढेको छ भने १९० वटा घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन ९२ हजार ३३८ पटक कारोबार हुँदा १ करोड ८७ लाख ३ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ पुगेको छ । यो रकम सोमबारको तुलनामा ४० करोड ७६ लाख रुपैयाँले बढी हो । सोमबार कारोबार रकम ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ थियो ।

यस दिन १० उप समूह घटेका छन् भने ३ उप समूह बढेको छन् । बैंकिङ ०.६३ प्रतिशत, विकास बैंक ०.६१, वित्त १.०९, जलविद्युत ०.९७, लगानी ०.५१, जीवन बीमा ०.३९, , लघुवित्त ०.४२, निर्जीवन बीमा ०.३५, व्यापार समूह ०.४ र अन्य समूह ०.५६ प्रतिशतले घटेका छन्। होटल्स तथा पर्यटन समूह १.७९, उत्पादन र प्रशोधन ०.३७ र म्युअुचल फण्ड १.०० प्रतिशतले बढेका छन् ।

कालिञ्चोक दर्शन लिमिटेड १० प्रतिशतले बढेको छ । त्यस्तै, न एचएलआई लार्ज क्याप फण्डको ९.९५  प्रतिशत बढेको छ भने मेगाल म्युचुअल फण्ड १ ५.७९ प्रतिशतले र पञ्चकन्या माई हाइड्रोपावर ५.१५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढीको  कारोबार भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम ३२ करोड २२ लाख रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News