CLI

नेप्से पुनर्संरचना प्रतिवेदन : नेप्से पुनर्संरचना सरकारको आर्थिक सुधार नीतिसँग जोडिएको छ (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचना गर्न गठन भएको अध्ययन समितिले नेप्से पुनर्संरचना सरकारको आर्थिक सुधार नीतिसँग जोडिएको जनाएको छ । अध्ययन समितिले बुझाएको १२६ पृष्ठ सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । सरकारका वित्तीय क्षेत्रको एउटा क्षेत्रको रुपमा नेप्से रहेको हुँदा र नागरिकहरुको पुँजी तथा लगानी परिचालन नेप्सेमार्फत् भएको पाइन्छ ।

दीगो आर्थिक विकास, लगानीकर्ता संरक्षण, वित्तीय क्षेत्रको स्थायित्व र पारदर्शी बजार प्रवद्र्धन यी सबै राष्ट्रिय प्राथमिकताहरू भएको बताउदै नेप्सेको पुनर्संरचना नेपाल सरकारको आर्थिक सुधार नीतिसँग जोडिएको प्रतिवेदनले जनाएको छ । ‘दीगो आर्थिक विकास, लगानीकर्ता संरक्षण, वित्तीय क्षेत्रको स्थायित्व र पारदर्शी बजार प्रवद्र्धन यी सबै राष्ट्रिय प्राथमिकताहरू हुन् । आधुनिक, प्रतिस्पर्धी र विश्वसनीय पुँजीबजार दीगो आर्थिक विकासको सम्बाहक हो । त्यसैले नेप्सेलाई समय सापेक्ष उच्च प्रविधियुक्त स्वायत्त र दक्ष संस्थामा रूपान्तरण गर्नु आजको आवश्यकता हो ,’ प्रतिवेदनमा भनिएको छ ।

नेप्से पुनर्संरचना गर्ने विषय केवल संस्थागत सुधारको मुद्दा मात्र नभई पुँजीबजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउने, लगानीकर्ताको हित सुरक्षित गर्ने, आर्थिक वृद्धिलाई सहयोग पुयाउने र सबल वित्तीय प्रणालीतर्फ उन्मुख गराउने महत्त्वपूर्ण माध्यम समेत हो । यसर्थ लामो समयदेखि नेप्सेको पुनर्संरचनालाई महत्त्वपूर्ण कार्यको रूपमा लिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालको पुँजीबजार विगत केही दशकयता क्रमिक रूपमा विकसित हुँदै आइरहेको छ । लगानीकर्ताको संख्या, कारोबार रकम, सूचना प्रविधिको प्रयोग, सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीको संख्यामा क्रमिक वृद्धि भइरहेको देखिन्छ । आगामी दिनमा वित्तीय साक्षरतामा सुधार हुँदै जाँदा पुँजी बजार सेवाको माग पनि बढ्दै जाने निश्चित छ ।
प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले उक्त प्रतिवेदन तयार गरेको हो । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेको थियो भने मंगलबार मन्त्रालयले सार्वजनिक गरेको हो ।
पूर्ण पाठ

Leave Your Comment

Related News