काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमासँग सम्बन्धित समस्याहरुका विषयमा छलफल गर्न आज सम्बन्धित सरोकारवाला पक्षहरूको बैठक बोलाएकी छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो १:३० बजे बस्ने उक्त बैठकमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन देखिएका चुनौतीहरू तथा सुधारका उपायहरूबारे छलफल हुने बताइएको छ ।
बैठकमा सम्बन्धित मन्त्रालय, स्वास्थ्य बिमा बोर्ड तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।


