CLI

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा २० करोड १८ लाख, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कर्जाबाट प्राप्त हुने ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यस अवधिसम्म इन्स्योरेन्सले ५ अर्ब ७१ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । गत वर्षको पुससम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको थियो ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङमा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित छ । बिमाको इपीएस ८.०६ रुपैयाँ छ ।

Leave Your Comment

Related News