काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला १४ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी पनि २६५ रुपैयाँले बढेको छ । बजारमा चाँदि प्रतितोला ५ हजार ६०० रुपैयँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो ।


