काठमाडौं । नेपाल आयाल निगमले मुलुकमा खाना पकाउने एलपी ग्यास अभाव नभएको बताएको छ । भारतबाट निरन्तर आयात भएको कारण ग्यास अभाव नरहेको निगमले जनाएको छ ।
निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टले भारतबाट निरन्तर ग्यास आइरहेकोले अभाव नहुने बताए । निगमले चनुावअवधिभर ग्यासको अभाव हुन नदिने समेत उनको भनाई छ ।
पछिल्लो तीन दिनमा आयल निगममार्फत आयात गरिएको एलपीजी ग्यासको लोडिङ शनिबार ११८ वुलेट (१४९,५०० सिलिण्डर), सोमवार ११५ वुलेट (१४५,७०० सिलिण्डर) र मंगलवार १३२ वुलेट (१६७,३०० सिलिण्डर) रहेको छ। यीमध्ये केही वुलेटहरू अझै बाटोमा रहेको छ ।
निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यासको खरिद गर्न र ग्यासको अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।


