CLI

सामान्य अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

काठमाडौं । बुधबार नेप्से परिसूचक १.६४ अंकले घटेको छ । बजार २६८१.५० अंकमा पुगेरा बन्दा भएको छ ।  ३२६ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसनध्ये ११३ वटाको भाउ बढेको छ भने १३४ वटा घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन ८० हजार ४२२ पटक कारोबार हुँदा १ कारोड ६६ लाख ८३ हजार कित्त सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यो रकम मंगलबार को तुलनामा ८६ करोड १८ लाख रुपैयाँले कम हो । मंगलबार कारोबार रकम ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ थियो ।

यस दिन ६ वटा उप समूह घटेका छन् भने ७ उप समूह बढेको छन् । बैंकिङ ०.३२ प्रतिशत, जीवन बीमा ०.१३, उत्पादन र प्रशोधन ०.५३, लघुवित्त ०.३०, म्युअुचल फण्ड ०.२८  र अन्य समूह ०.३१ प्रतिशतले घटेका छन्। विकास बैंक ०.१० प्रतिशत, वित्त ०.९३, होटल्स तथा पर्यटन समूह ०.१८, जलविद्युत ०.३८, लगानी ०.०८, निर्जीवन बीमा ०.१३ र व्यापार समूह ०.४९ प्रतिशतले बढेका छन् ।

यस दिन ४ कम्पनी १० प्रतिशतले बढेका छन् । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको १० प्रतिशतले बढेको  हो। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ७ प्रतिशत बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको कारोबार ८० करोड ७७ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ६० करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News