CLI

बैंकिङ कसुर मुद्धाका फरार गुप्ता पक्राउ

काठमाडौं ।बैंकिङ कसुर मुद्धाका फरार अनिल कुमार गुप्ता पक्राउ परेका छन् ।

 बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय  गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

Leave Your Comment

Related News