काठमाडौं । बैंक तथा वित्तीय संस्थाबीज अन्तर बैंक कारोबार ४ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ दोस्रो त्रैमाससम्ममा ४ खर्ब ७० अर्ब १९ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् ।यो कारोबार गत आवको सोही अबधिको तुलनामा ३ खर्ब २० अर्ब ७५ करोड ५० लाख रुपैयाँले घटेको छ । गत आवमा कुल अन्तर बैंक कारोबार रकम ७ खर्ब ९१ अर्ब ४ करोड ५० लाख रुपैयाँ थियो । सबै भन्दा कम कारोबार पुसमा भएको छ । यस महिनमा ५३ अर्ब २९ करोड मात्र अन्तर बैंक कारोबार भएको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुले मात्र कुल ३ खर्ब ९६ अर्ब ४१ करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका छन् । वाणिज्य बैंकहरुले गरेको यो कारोबार गत आवको सोही अवधिको तुलनामा ३ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँले कम हो ।गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ७ खर्ब ४५ करोड ९१ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो ।
यता चालु आवको दोस्रो त्रैमासम्ममा विकास बैंक र वित्तया संस्थाहरुबिच ७३ अर्ब ८८ लाख रुपैयाँको अन्तर बैंक कारोबार गरेका छन् । यो रकम गत आवको तुलनामा १८ अर्ब १९ करोडले रुपैयाँले कम हो ।गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंक र वित्तीय संस्थाले कुल ९२ अर्ब ७९ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।


