CLI

विश्वकप अभ्यास खेलमा भारत विजयी, दक्षिण अफ्रिका ३० रनले पराजित

काठमाडौं । विश्वक क्रिकेट अघिको अभ्यास खेलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । गए राति भएको खेलमा भारत ३० रनले विजयी भएको हो ।

जितका लागि २४१ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिाकाले निर्धारीत ओभरमा ७ विकेट गुमाएर २१० रन मात्रै बनाउन सक्यो । उसका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ४५ रनको पारी खेले । त्यस्तै रायन रिकल्टनले ४४ रन बनाए भने कप्तान एडम मार्कारामले ३८ रनको पारी खेले । जेसन स्मिथले पनि टोलिका लागि ३५ रनको योगदान दिए ।

भारतका लागि अभिशेख शर्माले २ विकेट लिए । त्यस्तै शिवम दुवे, बरुण चक्रवती र अक्षर पट्टेलले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर २४० रन बनाएको थियो । उसका लागि इसान किसनले सार्वधिक ५३ रनको पारी खेले । त्यस्तै तिलक बर्माले ४५ रन बनाए भने अक्षर पट्टेलले ३५ रनको योगदान दिए । कप्तान सूर्य कुमार यादव र हार्दिक पाण्ड्याले ३०÷३० रनको योगदान दिए ।

Leave Your Comment

Related News