CLI

९ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला ९ हजार ५ सय रुपैयँले घटेको छ । नेपाली सुन चाँदी ब्यवसायी महासंघका  अनुसार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७सय  रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि प्रतितोला ६२० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयँमा कारोबार भइरहेको छ ।

Leave Your Comment

Related News