काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.३० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ९९ करोड ४६ लाख रुपैयाँबाट बढेर १ अर्ब ६ करोड १० लाख रुपैयाँ पुगेको छ । यता, इम्पेयरमेन्ट चार्र पनि रिभर्स भएको छ । त्यसैले गर्दा नाफामा सुधार आएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २३ करोड ३७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड १ लाख रुपैयाँ रिभर्स भएको छ ।
१ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ४० करोड ९१ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी २८.८० रुपैयाँबाट बढेर ४७.७१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२१.१३ रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८५ करोड ३८ लाख रुपैयाँ रहेको छ ।


