CLI

रोयल इन्फिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट–राइड र बुकिङ सुरु

 पोखरा । रोयल इन्फिल्ड ले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५०  पोखरामा लन्च गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो। विश्वका शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको BS VI Hunter 350, 2025 Edition पोखराका शहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

मोटरसाइकलमा Slip Assist Clutch, १६० एमएम ग्राउण्ड क्लियरेन्स, Dual Channel ABS, LED हेडलैम्प, सुधारिएको सीट र Trip Navigator जस्ता सुविधा समावेश छन्। यसमा प्रयोग गरिएको 349 cc J-series इन्जिन ले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन्।

रोयल इन्फिल्ड का निर्देशक मेघ राज पौडेल भन्छन्, पोखरा जस्तो पर्यटन र एड्भेन्चरले भरिएको सहरका लागि Hunter 350 अत्यन्त उपयुक्त मोडेल हो। यहाँको शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएका छौँ। गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा हामी उत्साहित छौँ।

हन्टर ३५० को मूल्य:

  • Dual Tone — रु ४,९९,९००
  • Single Tone — रु. ,९४,९००

पोखरा स्थित Royal Enfield शोरुममा टेस्ट–राइड तथा तत्काल डेलिभरी उपलब्ध छ। थप जानकारीको लागि: [email protected]

रोयल इन्फिल्ड को बारेमा

Royal Enfield सन् १९०१ देखि उत्पादनमा रहेको संसारकै सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो। ‘Pure Motorcycling’ दर्शनका साथ कम्पनीले मध्यम क्षमताका प्रिमियम मोटरसाइकल उत्पादनमा विश्वव्यापी पहिचान बनाएको छ। ब्रान्डका प्रमुख मोडेलहरूमा Hunter 350, Classic 350, Meteor 350, Himalayan 450, Interceptor 650 लगायतका सिरिज समावेश छन्।

Eicher Motors Ltd. अन्तर्गत सञ्चालन हुने Royal Enfield ले भारतभर ,००० भन्दा बढी स्टोर तथा विश्वका ६५ भन्दा बढी देशमा सेवा विस्तार गरेको छ। कम्पनीका उत्पादन केन्द्रहरू भारतमा रहेका छन् भने नेपालसहित विभिन्न देशमा CKD Assembly सुविधा सञ्चालनमा छन्।

 

Leave Your Comment

Related News