काठमाडौं । बिहीबार नेप्से परिसूचक २७.१९ अंकले बढेको छ । बजार २७०८.१९ अंकमा पुगेर बन्द भएको छ। यस दिन ३२६ वटा कम्पनी सेयर कारोबार भएको छ । १ लाख ८ हजार पटक कारोबार हूँदा ३ करोड ५५ लाख ७४ हजार सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ११ अर्ब ५८ करोड १८ लाख पुगको छ । यो रकम बुधबारको तुलनामा ४ अर्ब ८ करोड २१ लाख रुपैयाँले बढी हो । बुधबार कारोबार रकम ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ थियो ।
यस दिन १२ वटा उपसमूह बढेका छन् भने एउटा घटेको छ । बैंकिङ ०.५६ प्रतिशत, विकास बैंक ०.९२,वित्त ०.४२, होटल्स तथा पर्यटन समूह ०.२२, जलविद्युत १.६६, लगानी १.२३, जीवन बीमा १.११, उत्पादन र प्रशोधन०.७४, लघुवित्त ०.६०, म्युअुचल फण्ड ०.५७ ,निर्जीवन बीमा १.९८ र अन्य समूह १.९८ प्रतिशतले बढेका छन्। व्यापार समूह ०.४८ प्रतिशतले घटेको छ ।
३ कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जी १० प्रतिशतले बढेको छ ।त्यस्तै, रिडी पावर ९.९७ र खानी खोला हाइड्रोपाव ९.९६ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा यस दिन युनियन हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै,राधी विद्युत कम्पनीको ५७ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५३ करोड रुपैयाँ नाघेको छ ।


