काठमाडौं । नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा नेको इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेको इन्स्योरेन्सको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ६३५.८३ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६५४.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ।



