CLI

यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता

काबुल । संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता भएको जनाइएको छ । संयुक्त अरब इमिरेट्समा अफगानिस्तानको दूतावासको निरन्तर कूटनीतिक प्रयासको परिणामस्वरूप एमिराटी अधिकारीहरूले करिब १०८ जना अफगान बन्दीहरूलाई रिहा गरेको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

यो रिहाई युएईको राष्ट्रिय दिवसको अवसरमा गरिएको जनाइएको छ भने केही कैदीहरू यस अघि नै फर्केका थिए बाँकी कानुनी प्रक्रिया पूरा भए पछि स्वदेश फिर्तीको तयारीमा छन् । शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले विभिन्न पाकिस्तानी सहरहरूमा बन्दी बनाइएका १५३ अफगानहरूलाई रिहा गरी दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा सुरक्षित रूपमा फिर्ता गरिएको घोषणा गरेको छ । केही महिना अघि विदेश मन्त्रालयले दश हजार भन्दा बढी अफगानी नागरिक विदेशमा कैदी जिवन विताई रहेका बताइएको छ ती मध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेको जनाइएको छ ।

Leave Your Comment

Related News