CLI

प्रधानमन्त्री कार्कीद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको प्रगति निरीक्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि भइरहेको मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छिन्। प्रधानमन्त्री कार्कीले बिहीबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा पुगेर मतपत्र छपाइ कार्यको स्थलगत अवलोकन तथा निरीक्षण गरी सम्बन्धित निकायबाट प्रगतिबारे जानकारी लिएकी हुन् ।

अवलोकनका क्रममा प्रधानमन्त्री कार्कीले समयमै मतपत्र छपाइ, प्याकिङ तथा सुरक्षित ढुवानी सुनिश्चित गर्न निर्देशन दिँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। उनीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ।

 

Leave Your Comment

Related News