काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले अब बजारमा ग्यास अभाव नहुने बताएको छ। संघले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सबै उद्योगले कोटा अनुसार नै आयात गरिरहेको भन्दै ग्यास अभाव नहुने बताएको हो।
भारतका विभिन्न रिफाइनरीको मर्मत र ढुवानीमा समस्याले आयात प्रभावित हुँदा अभावको स्थिति देखिएकामा अब त्यो समस्या हटिसकेको संघले बताएको छ। ‘हाल आएर प्रत्येक उद्योगले आफूले आयात गर्नु पर्ने जति परिमाण ग्यास आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको र नेपाल आयल निगमले समेत बढी आयात गर्न अनुमति समेत दिइसकेको हुँदा अब बजारमा ग्यास अभाव नहुने व्यहोरा उपभोक्तालाई जानकारी गराउन चाहन्छौँ,’ संघका अध्यक्ष दिवानबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्।



