काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी २४ करोड ५२ लाखबाट बढेर २५ करोड १८ लाख रुपैयाँ रहेको छ । यता, वित्तीय खर्च भने ९ करोड १९ लाखबाट घटेर ८ करोड ३५ लाख पुगेको छ । आम्दानी बढ्दा र खर्च कम हुँदा नाफामा सुधार आएको हो । ७६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ११ करोड २८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१.०६ रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.८५ रुपैयाँ रहेको छ ।


