काठमाडौं । झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ५ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको कम्पनीले ३७ लाख ९७ हजार रुपैयाँ घाटामा थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी ४ करोड ६३ लाखबाट बढेर ५ करोड ३० लाख रुपैयाँ रहेको छ । अन्य आम्दानी २२ लाख रहेको छ । यता, वित्तीय खर्च भने २ करोड ८५ लाखबाट घटेर १ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । आम्दानी बढ्दा र खर्च कम हुँदा नाफामा सुधार आएको हो ।
३८ करोड १ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य अर्निङमा ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५.५३ रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १००.९२ रुपैयाँ रहेको छ ।


