CLI

सीडीएससीको जगेडा कोषको आकार ५ वर्षमा १२३२ प्रतिशत बढ्यो, चुक्ता पुँजी भन्दा रिजर्भ सवा ६ गुणा बढी

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको जगेडा कोषमा पौने २ अर्ब रुपैयाँ सञ्चित रहेको छ । सीडीएसीका अनुसार गत वर्षको असारसम्म कम्पनीको उक्त कोषमा १ अर्ब ८४ करोड रुपैयाँ जम्मा रहेको छ । ५ वर्ष अगाडि यसको जगेडामा करिब १४ करोड रुपैयाँ रहेको थियो । ५ वर्षको समयअवधिमा कम्पनीको रिजर्भ १३.३२ गुणाले बढेको छ ।

आर्थिक वर्ष २०७६-७७ मा संस्थाको जगेडामा १३ करोड ८७ लाख रुपैयाँ रहेको थियो । गत वर्षसम्म आइपुग्दा उक्त कोषमा १ अर्ब ८४ करोड रुपैयाँ जम्मा रहेको छ । पछिल्लो ५ वर्षमा सीडीएसीको जगेडा कोषको आकार १२३२ प्रतिशतले बढेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१-८२ मा ७५ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष अर्थात, २०८०-८१ को तुलनामा ६५.७७ प्रतिशत धेरै हो । संस्थाले २०८०-८१ मा ४५ करोड ८१ लाख नाफा आर्जन गरेको थियो ।

सीडीएसीको संञ्चालन आम्दानी ७२ करोड ७ लाख रुपैयाँबाट बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अन्य आम्दानी ९ करोड ८४ लाख रुपैयाँ रहेको छ । आम्दानी बढ्दा नाफामा सुधार आएको हो । ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ८४ करोड रुपैयाँ सञ्चित रहेको छ । चुक्ता पुँजी भन्दा जगेडाको आकार ६.१६ गुणा बढी छ ।

यसको प्रतिसेयर आम्दानी २५३.१८ रुपैयाँ छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १०० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

 

Leave Your Comment

Related News