CLI

आइपीओ बिक्रीको अनुमति माग्दै ४ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

काठमाडौं । होटल इच्छा, अतिथि रिसोर्ट एन्ड स्पा, एसियन ब्याट्रिज् र हुलास आइसन इन्डष्ट्रिज लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

जसमध्ये, हुलास आइरनले प्रिमियमसहित २५५ रुपैयाँका दरले ९७ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने अनुमति मागेको छ । कम्पनीले २ अर्ब ४८ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति मागेको हो ।

त्यस्तै, एसियन ब्याट्रिजले १०० रुपैयाँ अंकित दरमा १३ लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यता, होटल इच्छा र अतिथि स्पाले १०० रुपैयाँका दरले क्रमशः ३५ लाख र १६ लाख २५ हजार  कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । यी कम्पनीहरुले माघ २० गते आइपीओ निष्कासनको स्वीकृति मागेको हो ।

Leave Your Comment

Related News