CLI

बङ्गलादेशमा इस्लामवादी उम्मेदवारको चुनावी चुनौती

ढाका । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामवादी दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेद्वार शफिकुर रहमान यसअघि तीन पटक चुनाव लडेर पराजित भएका थिए । यसपटक भने उनी अन्ततः विजय हासिल गर्ने आशामा छन् । सन् २०२४ को जनविद्रोहपछि १५ वर्षसम्म सत्तामा रहनुभएकी प्रधानमन्त्री शेख हसिना अपदस्थ भएपछि बङ्गलादेशका मतदाताहरूले पहिलो पटक बिहीबार मतदान गदैछन् ।

सो विद्रोहपछि इस्लामवादी गतिविधिमाथि गरिएको लामो दमनको अन्त्य भएको मानिन्छ । सतसठ्ठी वर्षीय चिकित्सक तथा धार्मिक प्रचारक रहमानले नेतृत्व गर्नुभएको ११–दलीय गठबन्धनले चुनाव जित्ने सम्भावना रहेको दाबी गरिएको छ । तर आलोचकहरू र अल्पसङ्ख्यक समुदाय भने इस्लामवादी विजय आफ्नै अधिकार र सुरक्षामाथि असर पार्न सक्ने चिन्तामा छन् ।

रहमानले चुनावी अभियानमा समाजको नैतिक नवीकरणका लागि आफू उभिएको बताउँदै सुशासन, स्थिरता, शान्ति र समृद्धिको वाचा गरेका छन् । सफल भएमा उनले संवैधानिक रूपमा धर्मनिरपेक्ष बङ्गलादेशमा पहिलो इस्लामवादी नेतृत्वको सरकार गठन गर्न सक्नेछन् । सेतो दाह्री र सेतो पहिरनमा देखिनुहुने रहमानको जमात–ए–इस्लामी पार्टीले पुरुष उम्मेद्वारहरू मात्र उठाएको छ ।

यसले महिला अधिकारका विषयमा आलोचना पनि निम्त्याएको छ । पूर्वप्रधानमन्त्री हसिनाले भारतको नजिकिँदो नीतिका साथ इस्लामवादी समर्थक र चरमपन्थीहरूमाथि कडा कारबाही गरेका थिए । उनको पतनपछि धेरै इस्लामवादी नेताहरू जेलबाट रिहा भएका छन् । उत्तरपूर्वी मौलभीबाजार जिल्लामा जन्मेका रहमान सन् १९९६, २००१ र २०१८ मा संसद् चुनाव लड्नुभएको थियो । उनकी पत्नी अमीना शफिक पनि चिकित्सक हुन् र सन् २०१८ मा आरक्षित महिला सिटमा निर्वाचित भएका थिए । गत वर्ष महिलाको रोजगारी र भूमिकासम्बन्धी उनका अभिव्यक्तिले व्यापक आलोचना जन्माएको थियो ।

सामाजिक सञ्जालमा महिलाविरोधी टिप्पणी भएको एक पोस्टपछि ढाकामा महिलाहरूले विरोध प्रदर्शनसमेत गरेका थिए । रहमानले उक्त पोस्ट आफूले नगरेको र खाता ह्याक भएको दाबी गरे । कतिपय महिला नेताहरूले उनीसँग महिला अधिकार र अल्पसङ्ख्यकप्रतिको दृष्टिकोण स्पष्ट पार्न माग गरेका छन् ।

विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृ ताजनुबा जाबिनले स्पष्ट प्रतिबद्धता नहुँदासम्म महिला अधिकारको कुरा विश्वासयोग्य नहुने बताए । रहमानले इस्लामवादी समूहहरूको गठबन्धनको नेतृत्व गरि रहेका छन् , जुन वैचारिक रूपमा मुस्लिम ब्रदरहुडसँग नजिक मानिन्छ ।

उनको दलमाथि सन् १९७१ को स्वतन्त्रता युद्धका बेला पाकिस्तानलाई समर्थन गरेको आरोप पनि लाग्दै आएको छ । यद्यपि, पार्टीको विद्यार्थी सङ्गठनले देशभरका विश्वविद्यालय निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको छ । विश्लेषकहरूका अनुसार उनको समायोजनशील स्वभाव नै उनको प्रमुख शक्ति हो ।

बङ्गलादेशको करिब १० प्रतिशत जनसङ्ख्या गैर–मुस्लिम रहेको सन्दर्भमा अल्पसङ्ख्यक समुदाय अझै चिन्तित छ । रहमानले जाति वा धर्मको भेद नगरी सबैको अधिकार रक्षा गरिने आश्वासन दिनुभएको छ र एक जना हिन्दू उम्मेदवारलाई पनि पार्टी सूचीमा समावेश गरे ।

उनले भारतसँग सन्तुलित सम्बन्धको पक्षमा बोल्दै मेलमिलापमुखी विदेश नीतिको सङ्केत दिए । तर उनको गठबन्धनमा रहेका केही कट्टरपन्थी समूहले सांस्कृतिक गतिविधि र महिला खेलकुदमाथि प्रतिबन्धको माग गर्दै आएका छन् । थप उग्र तत्वहरूद्वारा सुफी तीर्थस्थलमाथि आक्रमणजस्ता घटनाले पनि चिन्ता बढाएको छ । –––

Leave Your Comment

Related News