CLI

भानुमा बहुउद्देश्सीय कभर्डहल र रङ्गशाला निर्माण सुरु

तनहुँ। जिल्लाको भानु नगरपालिका–९ स्थित काउरेटारमा ४० रोपनी क्षेत्रफलमा बहुउद्देश्सीय कभर्डहल र रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । उक्त संरचना निर्माणका लागि करिब  १५ करोड बराबरको प्रस्ताव पेस गरिएकामा चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु तीन करोड बजेट विनियोजन भएको हो ।

नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको यस परियोजनालाई बहुवर्षीय योजनाअनुरुप अघि बढाउन सङ्घीय अर्थ मन्त्रालयलाई अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले जानकारी दिए । उनले भनै, “परियोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने दायित्व नगरपालिकाको रहेकाले सोहीअनुसार काम अघि बढाइएको छ ।” प्रस्तावित बहुउद्देश्सीय कभर्डहल तथा रङ्गशालामा भलिबल कोर्ट, कबड्डी कोर्ट, बास्केटबल कोट, टेबलटेनिस कोट, व्याडमिन्टन कोर्ट, जुडो, कराँते, उसु, बक्सिङ कोट, फुटबल मैदान (ट्र्याकसहितको), दर्शक प्याराफिट (कभर्डहलभित्र तीन जना बस्न मिल्ने र फुटबल मैदानको वरपर एक हजार २०० जना बस्न मिल्ने क्षमताको) निर्माण हुनेछ ।

त्यसैगरी, शौचालय तथा खानेपानी, प्रशासकीय भवन मञ्च, मूल बाटोबाट खेल मैदानसम्म पहुँचमार्ग, पक्की कम्पाउण्ड निर्माण गरिनेछ । यो परियोजना भानु नगरपालिकाको मात्र नभई तनहुँ जिल्लाको पनि गौरवको आयोजनाका रूपमा लिइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । उनले भने, “यस परियोजना सम्पन्न भएपछि यो एउटा खेलकुद पर्यटन केन्द्र बन्न सक्नेछ, खेलकुद पूर्वाधारले तनहुँ, लमजुङ र गोरखा जिल्लालाई पनि सेवा दिन सकिनेछ । ” गण्डकी प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोगिताका लागि अनुकूल वातावरण निर्माण हुने विश्वास नगरपालिकाले लिएको छ । “यस परियोजनालाई प्रस्तावित डिपिआरबमोजिमको काम सम्पन्न गर्न र यसलाई बहुवर्षीय आयोजनाका रूपमा सूचिकृत गर्ने अभियानमा नगरपालिका परिवार जुटेका छौँ”, नगरप्रमुख त्रिपाठीले भने ।

Leave Your Comment

Related News