CLI

घोराही सिमेन्टको आम्दानी बढ्यो, कम्पनी भने २६ करोड ४९ लाख घाटामा

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २६ करोड ४९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ  । गत वर्षको सोही अवधिमा कम्पनी ६६ करोड ७१ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।

सञ्चालन आम्दानी १ अर्ब ७३ करोडबाट बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बिक्री लागत१ अर्ब ६१ करोडबाट बढेर १ अर्ब ६७ करोड पुगेको छ । वित्तीय खर्च भने ४८ करोड ७ लाखबाट ३३ करोड ७७ लाख रुपैयाँमा सिमित भएको छ । आम्दानी बढ्दा र वित्तीय खर्च कम हुँदा नोक्सानी घटेको हो ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको छ । साथै, सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ६८ करोड ७० लाख रुपैयाँ छ । घोराहीको प्रतिसेयर आम्दानी ५.२७ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १६६.५८ रुपैयाँ रहेको छ ।

 

 

Leave Your Comment

Related News