CLI

४५ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दे राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप संकलन गर्न लागिएको छ। रष्ट्र बैंकले ४२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उकत निक्षेप रकम संकलन गर्न लागिएको हो ।

राष्ट्र बैंकका आनुसार आइतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटिमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकम गर्न पाउने व्यवस्था गरिएको छ ।निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि चैत ८  गतेलाई तोकिएको छ।

Leave Your Comment

Related News