काठमाडौं । ट्रेजरी बिलमार्फत सरकारले सोमबार २० अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २० अर्ब रुपैयाँ उठाउन लागेको जनाएको हो ।
कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो १५ अर्ब बराबरको ट्रेजरी बिलको नवीकरण गर्न लागेको र बाँकी ५ अर्ब रुपैयाँ नयाँ जारी गर्न लागेको हो । ट्रेजरी बिलका लागि सोमबार (साउन २६ गते) दिउँसो तीन बजेसम्म बोलकबोल भइसकेको छ । जसअनुसार आइतबार ट्रेजरी बिल जारी (वितरण) गर्न लागेको हो ।
यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत उल्लिखित रकम बराबर आन्तरिक ऋण उठाउन लागेएको हो ।


