काठमाडौं । पहिलो कारोबार दिन आइतबार नेप्से १०.२५ अंकले घटेको छ । बजार २६९८.४४ अंकमा पुगेरा बन्दा भएको छ । यस दिन ३३० वटा कम्पनी सेयर कारोबार भएको छ । १ लाख ११ हजार पटक कारोबार हूँदा २ करोड ६२ लाख ३६ हजार सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ११ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ पुगको छ । यो रकम बिहीबारको तुलनामा ७ करोड ७७ लाख रुपैयाँले बढी हो । बिहीबार कारोबार रकम ११ अर्ब ५८ करोड १८ लाख रुपैयाँ थियो ।
यस दिन ११ वटा उप समूह घटेका छन् भने २ वटा बढेका छन् । बैंकिङ ०.१४ प्रतिशत, विकास बैंक ०.९२,वित्त ०.०१, होटल्स तथा पर्यटन समूह २.१३, जलविद्युत ०.३१, जीवन बीमा ०.७१, उत्पादन र प्रशोधन १.१५, लघुवित्त ०.६१, म्युअुचल फण्ड ०.६१ ,निर्जीवन बीमा ०.३२ र व्यापार समूह ०.४८ प्रतिशतले घटेको छ । लगानी १.२३ र अन्य समूह १.९८ प्रतिशतले बढेका छन्।
यस दिन सुपर माई हाइड्रोपावर र रिडी पावर १० प्रतिशतले बढेको छ । खानी खोला हाइड्रोपाव ९.९७ प्रतिशत, हिमालयन हाइड्रोपावर ५.३९ र जोशी हाइड्रोपावर ४.४९ प्रतीशतले बढेको छ । कारोबारको आधारमा सुपर माई हाइड्रोपावर पहिलो स्थानमा रहेको छ । सो कम्पनीको ५६ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युतको ५ करोड १४ लाख,रिडी पावर को ४७ करोड ७४ लाख, राधी विद्युतको ४३ करोड ९८ लाख र एसवाई प्यानल नेपालको ४२ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।


