CLI

टी–२० विश्वकप : इटाली ७३ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को  समूह ‘सी खेलमा इटालीले सोमबार स्कटल्याण्डको सामना गर्‍यो । कोलकाताको इडेन गार्डेनमा खेलिएको यो खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनले पराजित गर्‍यो ।  स्कटल्याण्डले दिएको २०८ रनको लक्ष्य पच्छाएको इटाली १६.४ ओभरमा १३४ रनमा अलआउट भयो ।

इटालीका लागि बेन मानेन्टीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेमा उनले ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ह्यारी मानेन्टीले ३७ रन बनाउँदा जेजे स्मुथस्ले २२ रनको योगदान गरे । बलिङतर्फ स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक चार विकेटको दिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चे।

त्यस्तै मार्क वाटले दुई विकेट लिंदा ब्रान्ड कुरी, ओलिभर डेभिडसन र ब्रान्ड वेलले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रन बनाएको
स्कटल्यान्डका लागि जर्ज मुन्सेले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले ५४ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ब्रान्डोन म्याक मुलेनले नट आउट ४१ रन बनाउँदा मिचेल जोन्सले ३७ रनको योगदान गरे ।

बलिङतर्फ इटालीका लागि अली हसन, ग्रान्ड स्वेटर, थोमस डार्क र जेजे स्मिथले एक एक विकेट लिए ।

 

Leave Your Comment

Related News