CLI

२६.०५ अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार नेप्से परिसूचक २६.०५ अंकले घटेको छ । बजार २३७२.३९ अंकमा पुगेरा बन्दा भएको छ । यस दिन ३२४ वटा कम्पनी सेयर कारोबार भएको छ । १ लाख २ हजार पटक कारोबार हूँदा २ करोड ६७ लाख ६६ हजार सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने घटेको छ ।  आज कारोबार रकम १० अर्ब ७७ करोड ३९ लाख पुगेको छ । आइतबार कारोबार रकम ११ अर्ब ६५ करोड ९५ लाख थियो ।

त्यस्तै,  सेन्सेटिभ इण्डेक्स ४.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक घटेको छ।

यस दिन १२ वटा उप समूह घटेका भने १ वटा घटेको छ । बैंकिङ ०.७७ प्रतिशत, विकास बैंक १.३७ ,वित्त २.२१, होटल्स तथा पर्यटन समूह १.३८, जलविद्युत ०.५४, लगानी ०.९१, जीवन बीमा १.००, उत्पादन र प्रशोधन १.२३, लघुवित्त ०.६१, म्युअुचल फण्ड ०.४७ ,निर्जीवन बीमा १.४१ र अन्य समूह १.९६ प्रतिशतले घटेको छ ।  व्यापार समूह ०.२२ प्रतिशतले बढेका छ।

यस दिन खानी खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ। त्यस्तै, रिडी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने लिबर्टी इनर्जीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर नै पहिला स्थानमा रहेको छ। सो कम्पनको ७७ करोड १९ लाख रुपैयाँबराबरको  कारोबार भएको छ। त्यस्तै,एसवाई प्यानल नेपालको ५४ करोड ४ लाख रुपैयाँको किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News