CLI

डिशहोम GO मा २ चर्चित नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ रिलिज

काठमाडौं । नेपाली चलचित्रप्रेमी दर्शकहरूका लागि खुसीको खबर। बहुप्रतीक्षित दर्शकमाझ लोकप्रिय बनेका दुई नेपाली चलचित्रनाइ नभन्नु प्रसाद अब DishHome GO एपमार्फत हेर्न सकिने भएको छ। पारिवारिक भावना, प्रेम गहिरा सामाजिक यथार्थलाई प्रस्तुत गर्ने यी दुवै चलचित्रले नेपाली दर्शकको मन जित्न सफल भएका छन्।

नाइ नभन्नु नेपाली चलचित्रको सफल फ्रेन्चाइजको छैटौँ शृंखला हो। बिकासराज आचार्यद्वारा निर्देशित यस चलचित्रमा आँचल शर्मा, आशीर्वाद बी. क्षेत्री, सरोज खनाल प्रियंका कार्की मुख्य भूमिकामा छन्। निर्माता बिकासराज आचार्य विष्णु मणि दाहाल रहेका छन्।

चलचित्रले अभिनेता शिशिर उनकी छोरी दित्याबीचको गहिरो सम्बन्धलाई केन्द्रमा राख्दै परिवार, प्रेम जीवनका उतारचढावलाई भावनात्मक रूपमा प्रस्तुत गर्छ। दित्याकी आमासँग जोडिएको रहस्यले कथालाई थप रोचक बनाएको छ। पारिवारिक दर्शकका लागि उपयुक्त यो चलचित्रले रिलिजपछि राम्रो प्रतिक्रिया पाएको थियो।

त्यसैगरी, ‘प्रसाद नेपाली समाजका संवेदनशील सामाजिक विषयहरूलाई निरन्तरता दिने सशक्त चलचित्र हो। सुदर्शन थापा निर्देशित सुदर्शन बस्नेत निर्मित यस चलचित्रमा बिपिन कार्की, केकी अधिकारी, अर्पण थापा महेश त्रिपाठी प्रमुख भूमिकामा छन्।

प्रसादको कथालाई अगाडि बढाउँदैप्रसाद ले जातीय विभेद, अन्तरजातीय विवाहका चुनौती राजनीतिक द्वन्द्वजस्ता विषयलाई अझ गहिराइमा प्रस्तुत गरेको छ। समाज परिवर्तनको संघर्ष मानवीय संवेदनालाई प्रभावशाली रूपमा उठान गरेको यो चलचित्र समीक्षक दर्शक दुवैबाट प्रशंसित बनेको थियो।

यी दुवै चलचित्र DishHome GO मार्फत नेपालभर तथा विदेशमा रहेका नेपाली दर्शकहरूले सजिलै हेर्न सक्नेछन्। DishHome GO एक आधुनिक OTT प्लेटफर्म हो, जहाँ नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टिभी कार्यक्रम, लाइभ खेलकुद, सर्ट फिल्म कोरियन ड्रामा लगायत विविध मनोरञ्जन सामग्री उपलब्ध छन्। एकै एपमार्फत गुणस्तरीय मनोरञ्जनको अनुभव लिन चाहने दर्शकका लागि DishHome GO उत्कृष्ट गन्तव्य बनेको छ।

Leave Your Comment

Related News