CLI

बीमा सेवामा हुलाक टिकट टाँस्नु नपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सेवामा हुलाक टिकट टाँस्नु नपर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । प्राधिकरणको नियमन शाखाले सोमबार सम्पूर्ण जीवन बीमक, सम्पूर्ण निर्जीवन बीमक, सम्पूर्ण लघुबीमक, सम्पूर्ण पुनर्बीमक, सम्पूर्ण दलाल र सम्पूर्ण मध्यस्थकर्ताको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

प्राधिरणले कार्यान्वयनमा ल्याएको नयाँ व्यवस्थाअनुसार अबदेखि बीमा सेवामा हुलाक टिकट टाँस्ने प्रचलन र अभ्यास हटाउनुपर्नेछ । यसअघि गत मंसिर २९ गते मन्त्रिपरिषद्बाट प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको थियो । मन्त्रिपरिषद्को सोही निर्णय कार्यान्वयन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले बीमा कम्पनीहरूलाई सोमबार परिपत्र जारी गरी निर्देशन दिएको हो ।

Leave Your Comment

Related News