काठमाडौं । नामिबियाले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को समूह ए को खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । यसक्रममा उसले ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको हो ।
नामिबियाका लागि ओपनर जान फ्राइलिन्क ३० रन बनाएर आउट भएपछि जान निकोलले ४२ रन जोडे । निकोलले ३८ बलमा बनाएको यो नै टिमको सबैभन्दा ठूलो स्कोर रह्यो । त्यसमा एक चौका र दुई छक्का सामेल थियो ।
उनी बाहेक गेरहार्ड इरामसले १८ र जेजे स्मिथले २२ रन बनाए । डच बलरमध्ये लोगन भान बिक र बास डे लिडले दुई/दुई विकेट लिए । नेदरल्यान्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।


