काठमाडौं । बुधबार नेपालमा सुनको मूल्य बढेको छ । यस दिन सुन १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंगका अनुसार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो ।
चाँदी पनि ५० रुपैयाँले बढेको छ । बजारमा चाँदि प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँ थियो


