CLI

भारतले नेपालमा ९४ करोड ४१ लाख खर्च गर्यो, करिब ११ अर्ब खर्च गर्ने लक्ष्य

काठमाडौं ।भारत सरकारले नेपालको विभिन्न क्षेत्रमा करिब साढे ९४ करोड खर्च गरेको छ ।

भारतले नेपालको विभिन्न क्षेत्रमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ९४ करोड ४१ लाख खर्च गरेको छ । भारतले चालु आवको लागि १० अर्ब ८६ करोड ४० लाख बजेट नेपालका लागि विनियोजन गर्दा छ महिनाको अवधिमा उक्त रकम खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।मन्त्रालयले भारत सरकारले नेपाललाई दिने अनुदानमार्फत् उक्त रकम फित्र्ता दिएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार एशियाली विकास बैंक (एडीबी) ले ८ अर्ब ९० करोड, अन्तराष्ट्रिय विकास संघ (विश्व बैंक) ले १० अर्ब ६७ करोड, एसाइएसएफले ५ अर्ब ७८ करोड २५ लाख र अन्तराष्ट्रिय मुद्रा कोषले २२ करोड ८ लाख खर्च गरेको छ ।
युरोपिएन युनियुनले २७ करोड ३५ आख नेपालमा खर्च गरेको छ ।

त्यस्तै चीनले ३ करोड ७० लाख, जापानले ३८ करोड ४६ लाख र अमेरिकाले १ अर्ब २५ करोड खर्च गरेको छ । उक्त मुलुकहरुले नेपालको लागि अनुदानस्वरप उक्त रकम उपलत्तब्ध गराएको छ । सरकारले बजेट स्रोतको रुपमा विभिन्न संस्था तथा देशले प्रदान गर्ने अनुदान तथा आर्थिक सहायता लिने गरेको छ । सरकारलाई अनुदान तथा सहयोग रकम स्वास्थ्य, शिक्षा लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको पाइन्छ ।

 

Leave Your Comment

Related News