CLI

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार नेप्से परिसूचक ०.०४ अंकले घटेको छ । यस दिन बजार २६६२.०९ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । ८२ हजार ४५० पटक कारोबार हूँदा २ करोड २२ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम  बढेको छ  ।मंगलबार कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख  रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।

यस दिन ८ वटा उप समूह घटेका छन् भने ५ वटा बढेका छन् । वित्त ०.२५ प्रतिशत, होटल्स तथा पर्यटन समूह ०.६३, जीवन बीमा ०.२३, उत्पादन र प्रशोधन ०.४६, लघुवित्त ०.०६, म्युअुचल फण्ड ०.३६,अन्य समूह ०.२४ र व्यापार समूह ०.२३ प्रतिशतले घटेको छ । बैंकिङ ०.१० प्रतिशत, विकास बैंक ०.१८, जलविद्युत ०.४७, लगानी ०.०७ र निर्जीवन बीमा ०.०८ प्रतिशतले बढेका छन्।

रिडी पावर कम्पनी ९.६७ प्रतिशतले बढेको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जी ८.६८ प्रतिशत बढेको छ भने आँखु खोला जलविद्युत  ७.२१ प्रतिशत बढेको छ।

कारोबार रकमको आधारमा यस दिन रिडी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ६२ करोड २१ लाख  रुपैयाँ पुगेको छ भने सिंगटी हाइड्रो इनर्जीको  ५८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

 

Leave Your Comment

Related News