CLI

नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति, अन्य सूचांकहरु कस्तो?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा प्रगति देखिएको हो ।

वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ९७ अर्ब ५६ अर्ब २६ करोड रुपैयाँ संचित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार गत आवको तुलनामा २५.१६ प्रतिशतले बृद्धि भएको देखिएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा चार अर्ब सात करोड रुपैयाँ, महाविपत्ती कोषमा ७३ करोड ७१ लाख रुपैयाँ सञ्चिती रहेको छ । कम्पनीले कोषहरुमा ठूलो मात्रामा रकम सञ्चिती गरेको छ । जसले गर्दा भोलि आउँने कुनै पनि प्रकारका भैपरी घटनाबाट अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरीएको छ ।

कूल पाँच अर्ब ६९ करोड चुक्ता पुँजि भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा २.७६ प्रतिशतले बृद्धि भई २८ करोड ६८ पुगेको छ । गत आवमा कम्पनीको कूल नाफा २७ करोड ९१ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेशनल लाइफ इन्स्योरेन्सले कूल १० अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा ९.४९ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीले ११ अर्ब ७१ करोड रुपैयाँको कुल बीमा दावी भुक्तानी गरेको छ ।

त्यस्तै, कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी दुई अर्ब ८७ करोड ८७ लाख रुपैयाँ रहेको छ । नेशनल लाइफ इन्स्योरेन्सको कुल आम्दानी १४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने कुल खर्च १३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १४ लाख ६१ हजार ५०८ वटा रहेका छन् । गत वर्षको यसै अवधीमा १५ लाख ६२ हजार ३३१ वटा बीमा पोलिसीहरु रहेका थिए । समीक्षा अवधीमा नेशनल लाइफको प्रतिशेयर आम्दानी १०.२८ रुपैयाँ रहेको छ । समग्रमा नेशनल लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देख्न सकिन्छ ।

Leave Your Comment

Related News