काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा नेपाल टेलिकमले ९ अर्ब माथिको नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा भने १० अर्ब ३ करोड ७५ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षमा कम्पनीले कमाएको नाफा गत आवको भन्दा २.६० प्रतिशत अर्थात् २६ करोड ५ लाख २६ हजार रुपैयाँ कम हो । त्यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा कम्पनीको कुल आय १९ अर्ब २२ करोड ७२ लाख रुपैयाँ रहेको छ । यस्तो आय गत आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा यसतो आयत १.५ प्रतिशतले घटेको हो ।
त्यस्तै यो अवधिमा कम्पनीको कुल सञ्चालन आया पनि १.७३ प्रतिशतले बढेको छ । चालु आर्थिक ष्र्वामा यस्तो आय १७ अर्ब २९ करोड ९७ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब ४९ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको खुद मुनाफ ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ४ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । यस्तो मुनाफा १२.९८ प्रतिशतले कम हो । कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ २६ पैसा रहेको छ ।
OTT सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आ.व. को दोस्रो त्रैमासिकसम्मको तुलनामा करिब रु. ८ करोड ०५ लाख ९८ हजार (अर्थात् ६.१४ प्रतिशत) ले कम भएको । साथै OTT सेवाले कम्पनीको समग्र Voice/SMS सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ।
लगानीमा भएको मूल्य परिवर्तन तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आ.व. को दोस्रो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु. ७४ करोड ६३ लाख ८३ हजार (अर्थात् ३२ प्रतिशत) ले घटी भएको छ।
राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको । सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्व उल्लेख्य वृद्धि हुन नसकेको।
कर्मचारीको सवाधिक बीमाको बीमांक रकम वृद्धि भएकोले कर्मचारी बीमा खर्च बढेको तथा कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको दायित्व हिसाबको गणनाको लागि प्रयोग भएको Discount Rate ७.५% बाट ७% भएकोले कर्मचारीको पेन्सन तथा उपदान खर्च बढेको हुँदा समग्रमा गत आ.व. को दोस्रो त्रैमासिकसम्मको तुलनामा कर्मचारी खर्चमा ११.५%ले वृद्धि भएको । विदेशी मुद्राको सटही दरमा भएको परिवर्तनका कारण बिदेशी मुद्र सटही नाफा गत आ.व. को दोस्रो त्रैमासिकसम्मको तुलनामा १५०% ले वृद्धि भएको।
कम्पनीको लेखा नीति अनुसार जिन्सी मौज्दातमा आवश्यक खर्च व्यवस्था थप गरिएकोले इम्पेयरमेन्ट खर्च (Impairment)मा गत आ.व. को दोस्रो त्रैमासिकसम्मको तुलनामा रु. १८.३५ करोड ले वृद्धि भएको । यस आ.व. को दोस्रो त्रैमासिकसम्मको चालु कर गत आ.व.को दोस्रो त्रैमासिकसम्मको चालु कर भन्दा ५५.५६% ले वृद्धि भएको । गत आ.व.को चालु कर विगतको करयोग्य नोक्सानी समायोजन गरी गणना गरिएको हुँदा कमी देखिएको ।


