काठमाडौं । वाणिज्य बैंकले फागुन महिनाका लागि ब्याजदर घटाएका छन् । फागुनका लागि बैंकहरुले व्यक्तिगत मुद्दति खातामा प्रदान गर्ने ब्याजदर समग्रमा ४.५६ प्रतिशत रहेको छ । यो माघ महिनाको भन्दा ०.११ प्रतिशत विन्दुले कम हो । माघमा बैंकहरुले मुद्दतिमा दिने गरेको ब्याजदर ४.६८ प्रतिशत थियो ।
२० बैंकमध्ये ९ वटाले ब्याजदर घटाएका छन् । बाँकीको माघको यथावत् छ । फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ५.१ प्रतिशतका दरले ब्याज दिने भएको छ । बैंकिङ प्रणालीमा अत्याधिक तरलता भएको कारण ब्याजदर घट्दै गएको हो ।



