CLI

बन्दीपुर केवलकार ७४ लाख ९१ हजार घाटामा, सञ्चालन आम्दानी बढ्यो

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आफ्नो घाटा घटाउन सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७४ लाख ९१ हजार रुपैयाँको खुद घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनी २ करोड ५९ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीको कुल आम्दानी १ करोड ४६ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ । खर्च भने घटेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.२६ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९२.४७ रुपैयाँ छ ।

Leave Your Comment

Related News