CLI

प्रधानमन्त्री कार्की: हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते मतदान हुने बताएकी छन्। बिहीबार हिमाली क्षेत्रको अवस्था बुझ्न सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लरीमा सरोकारवालासँग छलफल गरेकी छन्। छलफलका क्रममा उनले निर्वाचन तयारीबारे विस्तृत ब्रिफिङ लिएकी र समयमै चुनाव हुने सुनिश्चित गरेकी छिन्।

जिल्ला समन्वय समितिको कार्यालयमा गरिएको छलफलमा प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौला, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर लगायतले निर्वाचन तयारी र जिल्लाको अवस्थाबारे जानकारी दिएका थिए।

प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन सम्पन्न गर्न सकिने अवस्था छ।”

Leave Your Comment

Related News