CLI

प्रिमियरले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो इतिहास : जित्यो सर्वश्रेस्ठ व्यक्तिगत, सर्वश्रेस्ठ टोली र ७१८ पुरस्कार

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ काठमाडौं क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस प्रतियोगितामा प्रिमियरले एकैपटक सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार Jac Khor Award, Overall Champion Team को उपाधि, र 700 भन्दा बढी पदक तथा 18 ट्रफी जित्दै सबैको ध्यान तानेको छ।

प्रिमियरकी छात्रा श्रुति श्रेष्ठले Jac Khor Award जित्दै इतिहास रचेकी छिन्। यो उनको लगातार चौथो Jac Khor Award हो। यसअघि उनले Kathmandu Regional Round 2025, Bangkok Global Round 2025 र Yale University, USA मा भएको Tournament of Champions 2025 मा पनि यही पुरस्कार जितेकी थिइन्। एउटै विद्यार्थीले लगातार चार पटक यस्तो उच्च सम्मान जित्नु World Scholar’s Cup को इतिहासमै विशेष उपलब्धि मानिन्छ।

प्रिमियरले Overall Champion Team को उपाधि पनि आफ्नै विद्यार्थीहरूको टोलीमार्फत जित्न सफल भयो। रिशित मैनाली, दृश्य रत्न शाक्य र नृप्शा कार्कीको टोली प्रतियोगिताको सबैभन्दा उच्च स्कोर गर्ने टिम बन्यो। रिशितले 9 गोल्ड, 9 सिल्भर पदक र 4 ट्रफी जिते भने, दृश्यले 8 गोल्ड र 8 सिल्भर पदक प्राप्त गरे। नृप्शाले 12 गोल्ड, 3 सिल्भर पदक र 1 ट्रफी जित्दै टोलीको सफलतामा ठूलो योगदान दिए।

प्रिमियरको प्रभुत्व यतिमै सीमित रहेन। अर्को एक टोली, Jac Khor Award विजेता श्रुति श्रेष्ठको नेतृत्वमा आरव कृष्ण श्रेष्ठ र रैय्या कोइरालासहित, 22 गोल्ड, 12 सिल्भर पदक र 5 ट्रफी जित्न सफल भयो। त्यस्तै, तेन्जिङ दावोए लामा, हृद्दिमा अग्रवाल र आरजल अधिकारीको टोलीले 17 गोल्ड, 6 सिल्भर पदक र 3 ट्रफी जित्दै उत्कृष्ट प्रदर्शन गर्‍यो। सम्पूर्ण प्रतियोगितामा Premier का विद्यार्थीहरूले जितेका 313 गोल्ड  पदक, 387 सिल्भर पदक र 18 ट्रफी काठमाडौं क्षेत्रीय प्रतियोगिताको इतिहासमै सबैभन्दा बलियो प्रदर्शनमध्ये एक मानिन्छ। शीर्ष व्यक्तिगत पुरस्कार र शीर्ष टोली दुवै Premier ले जित्नुले विद्यालयको शैक्षिक उत्कृष्टता स्पष्ट देखाएको छ।

सन् 2019 मा नेपालमा पहिलो पटक वर्ल्ड स्कलर्स कप  भित्र्याउने र काठमाडौं क्षेत्रीय प्रतियोगिताको निरन्तर आयोजक विद्यालयका रूपमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले देशका विद्यार्थीहरूलाई विश्वस्तरीय शैक्षिक मञ्च प्रदान गर्दै आएको छ। अब  प्रिमियर टोली Global Rounds को तयारीमा जुटिरहेको छ। यो ऐतिहासिक सफलताले  प्रिमियरलाई गहिरो सोच, आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी तयार गर्ने शैक्षिक संस्थाका रूपमा अझ मजबुत बनाएको छ।

Leave Your Comment

Related News